arrow

ग्रामीण अर्थतन्त्रको विकास नभएसम्म देशलाई समृद्धितर्फ लैजान सकिँदैन: अर्थमन्त्री शर्मा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ४ मंगलबार
janardan.jpg

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ग्रामीण अर्थतन्त्रको विकास नभएसम्म देशलाई समृद्धितर्फ लैजान नसकिने बताएका छन् । उनले ग्रामीण अर्थतन्त्रलाई प्राथमिकतामा राखेर त्यहाँको स्रोत र साधनलाई प्रयोग गर्दै उत्पादनमा वृद्धि गर्नु पर्नेमा जोड दिए । 

निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले उत्पादनको क्षेत्रमा लगानी वृद्धि गरेर मात्रै राष्ट्रको अर्थतन्त्रलाई बलियो बनाउन सकिने बताउँदै बजेटको मुख्य उद्धेश्य सोही रहेको जिकिर गरे । आयात प्रतिस्थापन गर्न उत्पादनलाई जोड दिएको उनको भनाइ छ ।

“हामी धेरै संख्यामा रहेका साना किसानहरु, ग्रामीण क्षेत्रमा ग्राणिम अर्थतन्त्रको विकास नगरिकन समृद्धिको बाटोतिर लाग्न सक्दैनौं । ग्रामीण अर्थतन्त्रलाई जोड दिँदै हामी जाने हो । ग्रामीण अर्थतन्त्रलाई जोड दिएर, त्यहाँको स्रोत र साधनलाई प्रयोग गरेर त्यसमा हामीले उत्पादन वृद्धि गरेर आवश्यक तालिम र प्रविधिको उपयोग गरेर जानुपर्ने अवस्था छ ।” 

उनले आयात प्रतिस्पर्धा गर्न उत्पादनमा वृद्धि गुर्नको विकल्प नरहेको धारणा राखे । कृषि क्षेत्रको उत्पादन वृद्धि र उत्पादित वस्तुलाई एकै स्तरको प्रशोधन गर्न सक्ने खालको सानासाना उद्योगहरुबाट अन्तर्राष्ट्रिय बजारलाई पनि आफ्नो वस्तु निर्यात गर्न सकिने उनको ठहर छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ