arrow

नागरिकता विधेयकलाई प्रमाणीकरण गर्नुपर्ने माग राख्दै माइतीघरमा प्रदर्शन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ४ मंगलबार
1 (5).JPG

काठमाडौं । नागरिकता बिहीन संघर्ष समिति नेपालले नागरिकता विधेयकलाई प्रमाणिकरण गर्नुपर्ने माग राख्दै माईतीघरमा प्रदर्शन गरेको छ । समितिले राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट पास भएको नागरिकता विधेयक– २०७९ लाई राष्ट्रपतिले शिघ्र प्रमाणिकरण गर्नुपर्ने भन्दै प्रदर्शन गरेको हो ।   

उनीहरुले नागरिकता विधेयकमा राजनीति किन ?, अनागरिक बनाउन पाउँदैन्, बुबाआमा दुवै नेपाली नागरिकका सन्तान अनागरिक कहिलेसम्म ? नेपाली आमाको सन्तान अनागरिक कहिलेसम्म ? लगाएतका प्ले कार्ड, ब्यानरसहित प्रर्दशन गरेका थिए ।

संघर्ष समितिका अध्यक्ष ईन्द्रजीत साफीले उनले आफूहरू नेपाली नागरिकताविहीन हुँदा अनेकौँ सास्ती बेहोर्नुपरेको बताए । उनले नागरिकता नपाएर आफ्नै देशमा शरणार्थीको जस्तो जीवन बिताईरहेको दुःखेशो गरे ।

नागरिकता नपाएर अध्ययन गर्न नपाएको र अध्ययन गरेपनि जागिर नपाएको उनको भनाई छ । साफिले आफ्नो नामबाट सिम निकाल्न र बैंक खाता पनि खोल्न नपाएको बताए ।   

देशमा जन्मसिद्धका सन्तान र एकल आमाका सन्तान लाखौं तघारमा अहिलेपनि नागरिकता पाईरहेको छैन् । जसको बुबाआमा नेपालको नागरिक छन्, तीनका सन्तानहरुलाई वर्षौदेखि अनागरिक बनाएर जुन राखिएको छ । यो नागरिकता नपाएर आफ्नै देशमा शरणार्थीको जस्तो जीवन भोगिरहेका छन् । नागरिकता नपाएर न पढ्न पाएको छ, न लेख्न पाएको छ । पढेर पनि जागिर पाएको छैन् । आफ्नो नामबाट सिम, बैंक खाता पनि खोल्न पाएको छैन् ।  

उनले बुबाआमा नेपाली नागरिक रहेका सन्तानले नागरिकता पाउनुपर्छ भन्दै वर्षौदेखि सडक संघर्ष गरेपनि सम्बन्धित निकायले ध्यान नदिएको धारणा राखे । यो  समस्या समाधानको लागि सरकारका प्रमुख अंग र राजनैतिक दलहरुलाई पटकपटक भेटेर ज्ञापन पत्र बुझाए पनि सुनुवाई नभएको उनको भनाई छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ