- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमााडैं । बैंक वित्तीय संस्थाहरूले असोज १ गतेदेखि लागु हुने गरी ब्याजदरमा भएको वृद्धिप्रति नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै एफएनसीसीआईले भनेको छ, ‘यसले कर्जाको ब्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि वाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुनेतर्फ महासंघ सरकार, केन्द्रीय बैंक र बैंक वित्तीय संस्थाहरूको ध्यानाकर्षण गराउन चाहन्छ ।’
उसले अगाडि भनेको छ, ‘बढ्दो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ भने उत्पादित सामानको मुल्य अकासिएर आम सर्वसाधारणको जिविका पनि कष्टकर हुँदै गएको छ । आठ प्रतिशत भन्दा माथि पुगिसकेको मुद्रास्फिति दरलाई बैंक वित्तीय संस्थाहरूको यस निर्णयले थप माथि लग्नेछ । अर्थतन्त्र सुंकचित हुँदै जाँदा सरकारको राजस्व संकलन समेत करिब २० प्रतिशतले न्यून हुन गएको छ ।’
संकटको बेलामा जोखिम बा“डेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने अहिलेको अवस्था भएको भन्दै उसले विशेषगरी कोभिडका कारण पहिलो बन्दाबन्दीको अवस्थामा बैंकिङ क्षेत्रबाट प्राप्त सहयोगको महासंघ प्रशंसा गरेको छ ।
तर पछिल्लो निर्णयले व्याज दरमा अस्थिरता हुँदा संचालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नया“ लगानी निरूत्साहित हुने उसले बताएको छ । यस सन्दर्भमा विगतमा ब्याजदर बढ्दैमा निक्षेप नबढेको उदाहरण पनि स्मरणीय रहेको महासंघले जनाएको छ ।
अन्त्यमा महासंघले भनेको छ, ‘यसै पनि अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने आंकलन गर्न सकिन्छ । त्यसैले अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघ सम्पूर्ण सबै सरोकारवाला समक्ष माग गर्दछ ।’