arrow
ADVERTISEMENT

आक्रमणको अपराधमा रुसलाई सजाय दिनै पर्छ : जेलेन्स्की

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ६ बिहिबार
vlodymir-zelensky-russia-ukraine.jpg

काठमाडौं। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मास्कोले युक्रेनमा गरेको आक्रमणको लागि सजाय दिन संयुक्त राष्ट्र सङ्घलाई आग्रह गरेका छन्।

उनले विशेष न्यायाधिकरणको लागि आह्वान गर्दै रुसलाई संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को भिटोबाट हटाउनसमेत आग्रह गरेका छन्।

'युक्रेन विरुद्ध अपराध गरिएको छ र हामी सजायको माग गर्दछौं,' जेलेन्स्कीले संयुक्त राष्ट्र संघको ७७ औं महासभा (यूएनजीए) लाई पहिले नै रेकर्ड गरिएको भिडियोमार्फत सम्बोधन गर्दै भनेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सात महिना अघि सुरु भएको युद्धमा थप तीन लाख रिजर्भमा रहेको सेना परिचालनका लागि बुधबार आदेश दिएपछि जेलेन्स्कीको सम्बोधन आएको थियो।

आफ्नो ट्रेडमार्कसहित खाकी रङको टी शर्ट लगाएका जेलेन्स्कीले कीभसँग दिगो शान्ति स्थापना गर्न पाँच बुँदे योजना रहेको बताएका छन्। जसमा मास्कोलाई उसको आक्रामकताको लागि दण्ड मात्र नभई युक्रेनको सुरक्षा र क्षेत्रीय अखण्डताको पुनर्स्थापना र सुरक्षाको  ग्यारेन्टी दिने प्रावधान समावेश रहेको उनले बताएका छन्।

'आक्रमणको अपराधको सजाय, सिमाना र क्षेत्रीय अखण्डताको उल्लङ्घन गरेको सजाय, अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिमाना पुनर्स्थापना नभएसम्म दण्डित हुनै पर्छ,' उनले आफ्नी श्रीमती ओलेना जेलेन्स्कासमेत सहभागी रहेको महासभामा भनेका छन्।

रुसी आक्रमण पछि जेलेन्स्कीले एकसाथ भेला भएका विश्वका नेताहरूलाई सम्बोधन गरेको यो पहिलो पटक हो। भाषणको अन्त्यमा धेरै प्रतिनिधिहरूले उठेर ताली बजाएका थिए भने रुसी र केही अन्य प्रतिनिधिमण्डलहरू भने बसेकै स्थितिमा थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ