arrow

इन्डोनेसियामा फेरि भूकम्पको धक्का महसुस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ७ शुक्रबार
earthquake2.jpg

इन्डोनेसिया । इन्डोनेसियामा फेरि भूकम्पको धक्का महसुस भएको छ । इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा शुक्रवार ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । 

भूकम्पका कारण हालसम्म कुनै मानवीय क्षति नभएको बताइएको छ । इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा यो भूकम्प गएको हो ।

भूकम्पका बारेमा राष्ट्रिय भूकम्प मापन केन्द्रले ट्विट गर्दै भूकम्पको म्याग्निच्युड ४.७ मापन गरिएको जनाएको छ । यो इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा आज नेपाली समय अनुसार बिहान १:२१ बजेको आसपासमा धक्का महसुस भएको हो । यसअघि अगस्ट २३ मा इन्डोनेसियामा भूकम्पको धक्का महसुस गरिएको थियो । त्यसपछि देशको पश्चिमी प्रान्त बेङ्कुलुमा ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यसै क्रममा बिहीबार बिहान पश्चिमी मेक्सिकोमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । मेक्सिको सिटीमा भूकम्पका कारण एक महिलाको मृत्यु भएको छ । यो साता मेक्सिकोमा दोस्रो भूकम्प हो । बिहीबार बिहान गएको भूकम्पका पराकम्पका कारण धेरै घरमा क्षति पुगेको छ । 

यस विषयमा थप विवरण दिँदै मेक्सिको सिटी सरकारले राजधानीको दक्षिणमा एक व्यक्तिलाई भूकम्पपछि घातक हृदयाघात भएको बताएको छ। साथै सरकारी अधिकारीहरूले भने, ‘देशभरि अन्यत्र गम्भीर क्षतिको तत्काल कुनै रिपोर्ट छैन।’ (एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ