arrow
ADVERTISEMENT

सन् २०२५ सम्म रुसले सुरक्षा क्षेत्रमा ६ सय अर्ब डलर खर्च गर्ने

logo
एजेन्सी,
प्रकाशित २०७९ असोज ८ शनिबार
russia-army-defence-security.jpg
फाइल तस्बिर

मस्को। रुसले आफ्नो पछिल्लो खर्च योजना अन्तर्गत २०२२ देखि २०२५ सम्म राष्ट्रिय रक्षा, सुरक्षा र कानून प्रवर्तनमा कुल ३४ ट्रिलियन रुबल (६०० बिलियन डलर) खर्च गर्ने योजना बनाएको छ। रुस युक्रेनमा महँगो सैन्य अभियानमा संलग्न छ, जसको लागि उसले यस हप्ता थप ३ लाख सेना परिचालन गर्ने घोषणा गरेको छ।

पछिल्लो तथ्याङ्क अनुसार, रुसले राष्ट्रिय रक्षामा सन् २०२२ देखि २०२५ मा कुल १८ दशमलव ५ ट्रिलियन रुबल खर्च गर्नेछ, जसमध्ये ४ दशमलव ७ ट्रिलियन यस वर्ष खर्च हुनेछ।

यसअघि, मस्कोले सन् २०२२ देखि सन् २०२४ को अवधिमा कुल १० दशमलव ९  ट्रिलियन मध्ये यस वर्ष राष्ट्रिय रक्षामा ३ दशमलव ५ ट्रिलियन रुबल खर्च गर्ने योजना बनाएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ