arrow

जर्मन चान्सलर स्कोल्ज इन्धनको खोजी गर्दै साउदी अरबमा

logo
एएफपी,
प्रकाशित २०७९ असोज ८ शनिबार
germany-scholz-saudi-bin-salman-gas-oil-deal.jpg

रियाद। जर्मन चान्सलर ओलाफ स्कोल्ज दुई दिने खाडी भ्रमणको सुरुआतमा शनिवार साउदी अरब आइपुगेका छन्। “रेड सी’को तटमा रहेको जेद्दाह विमानस्थलमा मक्का क्षेत्रका गभर्नर राजकुमार खालिद बिन फैसल अल साउदले स्कोल्जलाई स्वागत गरेका छन्। त्यसपछि उनी साउदी अरबका प्रभावशाली शासक समेत रहेका राजकुमार मोहम्मद बिन सलमानसँग भेटवार्ता गरेका छन्।

शनिवार साँझ संयुक्त अरब इमिरेट्स (युएई) र त्यसपछि आइतबार कतार जानुअघि उनले साउदी महिलाको समूहसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। जर्मन चान्सलरले युक्रेनमाथिको आक्रमणपछि रुसबाट आपूर्तिमा कमी आएसँगै तेल र ग्यासको धनी खाडी मुलुकहरूसँग नयाँ ऊर्जा साझेदारीमा सहमति जनाउने अपेक्षा गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ