arrow

बाबुरामसँग चुनावको लागि मात्र जोडिएको होइन : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ९ आइतबार
prachanda.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराईसँग मिलेर देशमा नयाँ जनआन्दोलनको शुरुआत गर्ने बताएका छन् । 

नेपाल समाजवादी पार्टी काठमाडौं जिल्ला समन्वय समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले बाबुरामसँग चुनावको लागि मात्र नभइ देशमा नयाँ क्रान्तिको शुरुआत गर्नको लागि जोडिएको बताए । 

उनले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको पनि बताए ।

‘यो निर्णय चुनावका लागि मात्र गरिएको निर्णय होइन, त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको छ, यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ । हामीले नै दिन सक्छौं’, उनले भने । 

उनले यो देशलाई विकास र समाजवादको नयाँ मोडेल दिएर यो संसारबाट जाने सपना देखेको बताउदैँ त्यो परिवर्तन हामीले मात्रै दिनसक्ने दाबी गरे । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ