arrow
ADVERTISEMENT

इटालीमा उग्र-दक्षिणपन्थी जर्जिया मेलोनी चुनाव जितेर पहिलो महिला प्रधानमन्त्री बन्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १० सोमबार
giorgia-meloni-italy.jpg

काठमाडौं । उग्र दक्षिणपन्थी नेतृ जर्जिया मेलोनीले इटालीको चुनावमा विजयी भएको दाबी गर्दै देशको पहिलो महिला प्रधानमन्त्री बन्ने बाटोमा रहेकी छन् । नेतृ मेलोनीले दोस्रो विश्वयुद्ध पछिकै इटालीको सबैभन्दा दक्षिणपन्थी सरकार गठन गर्ने अपेक्षा गरिएको छ।

ईयूको तेस्रो ठूलो अर्थतन्त्र भएकोले इटालीबारे युरोपले चिन्ता गर्छ । यद्यपि, मतदान पछि बोल्दै नेतृ मेलोनीले उनको ब्रदर्श अफ इटाली पार्टीले सबैका लागि शासन गर्ने र जनताको विश्वासलाई धोका नदिने बताएकी छन्।

'इटालियनहरूले ब्रदर्स अफ इटालीको नेतृत्वमा दक्षिणपन्थी सरकारको पक्षमा स्पष्ट सन्देश पठाएका छन्,' उनले रोममा पत्रकारहरूसँग बोल्दै भनिन् ।

राई एक्जिट पोलले उनले २२ देखि २६ प्रतिशत मतको बीचमा जित्ने प्रक्षेपण गरेको छ । उनको निकटतम प्रतिद्वन्द्वी एनरिको लेटा सेन्टर लेफ्टबाट हुन् ।

मेलोनीको दक्षिणपन्थी गठबन्धनले सिनेट भोटको अनुमानित ४२.२ प्रतिशतसँगै दुबै सदनमा नियन्त्रण गरेको देखिन्छ।

'यो ब्रदर्श अफ इटालीका लागि गर्वको रात हो, तर यो सुरुवात बिन्दु हो, अन्तिम रेखा होइन,' उनले समर्थकहरूको भीडलाई सम्बोधन गर्दै भनेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ