arrow
ADVERTISEMENT

पर्यटक बोकेको बस पाँच सय मिटर तल खस्यो : सात जनाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १० सोमबार
car-accident.jpg

काठमाडौं । भारतको हिमाचल प्रदेश कुल्लु जिल्लामा मिनी बस दुर्घटनामा परि सात जनाको मृत्यु भएको छ । सुन्दर पर्यटकीय स्थल जालोरी जोत घुम्न गएका १७ जनाको समूह दुर्घटनामा परेका थिए । पर्यटक चढेको गाडी ५ सय मिटर तल खसेको छ ।

पर्यटक जालोरी होल्डिङबाट मोडेर बञ्जर फर्कँदै गर्दा ग्यागी टर्न नजिकै अनलोडिङमा ब्रेक फेल हुँदा गाडी सिधै पाँच सय मिटर खाल्डोमा खसेको थियो ।

दुर्घटनामा ७ पर्यटकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । दुर्घटना राति करिब ९ बजे भएको थियो । साँघुरो सडक र वर्षाका कारण चिप्लो हुँदा दुर्घटना भएको बताइएको छ ।

आईआईटी वाराणसीका विद्यार्थीहरू सहित कुल १७ पर्यटकहरू यूपी नम्बर टेम्पो ट्राभलर १४ एचटी ८२४२ बुक गरेर दिल्लीको मजुन टिल्लाबाट कुल्लु गएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ