arrow
ADVERTISEMENT

चर्कियो आणविक द्वन्द्वको तनाव: रुसलाई भयावह जवाफ दिने अमेरिकी चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १० सोमबार
nuclear-war-us-russia.jpg

काठमाडौं । मास्कोले युक्रेनमा आणविक हतियार प्रयोग गरेमा 'विपत्तिजनक परिणाम' हुने भन्दै संयुक्त राज्य अमेरिकाले आइतबार चेतावनी दिएको छ । रुसी विदेशमन्त्रीले मास्कोले नियन्त्रणमा ल्याएको क्षेत्र बचाउन जेसुकै गर्न सक्ने भनेपछि अमेरिकाले यस्तो चेतावनी दिएको हो ।

चार पूर्वी युक्रेनी क्षेत्रहरूमा तेस्रो दिन पनि निरन्तर जनमत सङ्ग्रहका लागि मतदान गरिएको थियो । रुसले बल प्रयोग गरी कब्जा गरेको क्षेत्रलाई मास्कोमै गाभ्ने प्रक्रियालाई केही दिनभित्रै औपचारिकताका साथ अघि बढाउने देखिएको छ ।

लुहान्स्क, डोनेस्क, खेर्सन र जापोरिज्जियाका क्षेत्रहरूलाई रुसमा समावेश गरेर मास्कोले तिनीहरूलाई रुसमा आक्रमणको रूपमा फेरि प्राप्त गर्ने प्रयास गर्न सक्ने किभ र पश्चिमाको चेतावनी छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेन विरुद्ध रुसले आणविक हतियार प्रयोग गरेमा संयुक्त राज्य अमेरिकाले जवाफ दिने र मास्कोले  'विपत्तिजनक नतिजा'को सामना गर्नुपर्ने चेतावनी दिएका हुन् ।

'यदि रुसले यो रेखा पार गर्‍यो भने, रुसको लागि विनाशकारी परिणाम हुनेछ,' सुलिभानले एनबीसीको 'मिट द प्रेस' टेलिभिजन कार्यक्रममा बोल्दै भनेका छन्,'संयुक्त राज्यले निर्णायक जवाफ दिनेछ।'

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आफ्नो क्षेत्रको रक्षा गर्न जेसुकै गर्न सक्ने भन्ने टिप्पणी बुधबार दिएपछि अमेरिकाले यस्तो प्रतिक्रिया दिएको हो ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले शनिवार न्यूयोर्कमा संयुक्त राष्ट्र सङ्घको महासभामा गरेको भाषण पछि पत्रकार सम्मेलनमा बोल्दै कीभमा निर्वाचित सरकार अवैध रूपमा स्थापित भएको र यो आक्रमण नव नाजीहरूले भरिएको टिप्पणी गरेका थिए ।

यसबीच अमेरिकाले आणविक हतियार प्रयोग गरेमा कडा प्रतिक्रिया दिने चेतावनी दिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ