arrow

संवेदनशील रहेको विषय नागरिकतामा प्रहार भयो – गृहमन्त्री खाँण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १० सोमबार
balkrishna-khand-2079-06-10.jpg

भैरहवा । गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले जीवनसँग संवेदनशील रहेको विषय नागरिकतामा प्रहार भएको बताएका छन् । रुपन्देहीको भैरहवामा आफ्नै सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले जीवन मृत्युको आधारको रुपमा रहेको नागरिकता कुनै बाहानामा हामीले रोक्यौं भने त्यो भन्दा ठूलो असम्यता केही नहुने बताए ।

 ‘जीवनसँग संवेदनशील रहेको विषयमा पनि प्रहार भएको छ । सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीककृत समाजवादी लगायत पार्टी एक ढिक्का हुँदा पनि असंवैधानिक कदम चालिएको छ,’ उनले भने ।

गठबन्धनलाई नेपाली कांग्रेसले बचाएन भने नेपालको संविधान, लोकतन्त्र, जनताको अधिकारमाथि प्रहार हुने भन्दै उनले आगामी निर्वाचनका लागि उम्मेदवार बन्नेको संख्या धेरै देखिनुले कांग्रेस संकटमा छैन भन्ने सन्देश रहेको बताए ।

‘संविधानको पालना सबैले गर्नुपर्छ । सरकारले पनि गर्नु पर्छ हामी सबै पालना गर्न प्रतिबद्ध छौं । देशका अन्य राजनीतिक शक्तिहरु पनि प्रतिबद्ध हुनुपर्छ । यो लोकतान्तित्रक मूल्यपद्धतिको मूल आधारशीला नै हो । आधारशीलालाई भत्काउने कोसिस भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले अहिलेको राजनीतिक व्यवस्था र सविधानविपरीत कार्य गरेर लोकतान्त्रिक मूल्यलाई कमजोर बनाइएको छ,’ गृहमन्त्री खाँणले भने ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ