arrow

नासाको अन्तरिक्ष यान क्षुद्रग्रहसँग ठोक्कियो, पृथ्वी बचाउने परीक्षण सफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ११ मंगलबार
Nasa-Dart-Mission.jpg

काठमाडौं ।  नासाको अन्तरिक्ष यान क्षुद्रग्रहसँग ठोक्किएको छ । पृथ्वीबाट १.१ करोड किलोमिटर टाढा नासाको अन्तरिक्ष यान अन्तरिक्षमा डिमोर्फोस नामको क्षुद्रग्रहसँग ठोक्किएको हो । 

बास्तवमा यसलाई नासाको  ऐतिहासिक सफलता मानिएको छ । नासाले पहिलो पटक प्लानेटरी डिफेन्स टेस्ट (डार्ट) मिसन सफलतापूर्वक पूरा गरेको छ। अब भविष्यमा पृथ्वीमा कुनै किसिमको क्षुद्रग्रह ठोकिने सम्भावना भए यो प्रविधिले पृथ्वीलाई बचाउन सक्ने बताइएको छ ।

डार्ट मिसन २७ सेप्टेम्बरको बिहान ४.४५ मिनेटमा एउटा क्षुद्रग्रहसँग ठोक्किएको थियो । टक्कर पछि डिमोर्फोस कुन दिशामा मोडियो? यो जानकारी नासाले अहिलेसम्म प्राप्त गरेको छैन। नासाले यसको डाटा प्राप्त गर्न समय लाग्ने बताएको छ। यस टक्करको उद्देश्य त्यो क्षुद्रग्रहलाई नष्ट गर्नु होइन, तर यसको कक्षा अर्थात् बाटो परिवर्तन गर्नु हो।

यो करिब ३२ करोड अमेरिकन डलर को डार्ट मिसन हो । डिमोर्फोसको आकारको एस्ट्रोयड पृथ्वीमा ठोकिँदा कयौं परमाणु बमभन्दा बढी क्षति पुर्‍याउने अध्ययनको निष्कर्ष छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ