arrow
ADVERTISEMENT

युवा बाहिरिएको भने पनि सीमा बन्द गर्ने कुनै निर्णयमा छैन रुस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ११ मंगलबार
russia-georgia-border-war.jpg

काठमाडौं । युक्रेन युद्धमा पूर्व सैनिक एवं युवाहरु परिचालन गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशनपछि युवाहरु रुसबाट बाहिरि रहेको भन्ने समाचारहरू आए पनि सीमा बन्द गर्नेबारे कुनै निर्णय नगरेको क्रेमलिनले जनाएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सीमा बन्द हुने सम्भावनाको बारेमा  सोमबार पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा यस्तो बताएका हुन् ।

उनले भनेका छन्,'मलाई यसबारे केही थाहा छैन। अहिले यस विषयमा कुनै निर्णय भएको छैन ।' राष्ट्रपति पुटिनले गत हप्ता सात महिनाको युक्रेन युद्धको सबैभन्दा ठूलो वृद्धिमा लाखौं रिजर्भिस्टहरूलाई परिचालन गर्न आदेश दिएपछि रुसले सीमा बन्द गर्न सक्छ भन्ने समाचारहरू पनि आउन थालेका छन् ।

रुसबाट फ्रि भिसा उपलब्ध रहेका देशको हवाई टिकटहरू निकै बिक्री भएको र रुसी नागरिकहरूलाई बिना भिसा प्रवेश गर्न दिने पश्चिमी समर्थक छिमेकी जर्जियाको एक मात्र सीमा सडकमा ४८ घण्टा कारहरूको जाम भएको फुटेज भन्दै विभिन्न मिडियाहरूले फोटोहरूसहित रिपोर्ट गरेका छन् ।

'डराएका छन् । मैले चिनेका सबै मानिसहरू आतङ्कमा छन्,' एसोसिएटेड प्रेस समाचार एजेन्सीसँगको अन्तर्वार्तामा जर्जियासँगको सिमानाबाट बोल्दै एक रुसी नागरिकले भनेका छन्,'हामी जनता मार्ने शासनबाट भागिरहेका छौं।'

काजकिस्तान र मंगोलियासँगको सिमानाका सडकहरूमा पनि कारहरूको लामो लाइन देखिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ