arrow

पुटिनको निर्णयले रुसमा भागाभाग : ९८ हजार नागरिक कजाकस्तान पुगे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १२ बुधबार
russia-putin-vladimir-war.jpg

काठमाडौं । अन्ठानब्बे  हजार रुसी नागरिकहरू कजाकस्तान प्रवेश गरेको कजाकस्तानका अधिकारीहरूले बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पुटिनले ’आरक्षित सेना’को आंशिक तैनाथ गर्न आह्वान गरेपछि रुसमा नागरिक पलायन हुन थालेको हो । 

रूसी नागरिकहरू सैन्य तैनाथीबाट बच्नका लागि छिमेकी देशहरूमा गएका खबरहरू आइरहेका बेला कजाकस्तानको सरकारले आफ्नो देशमा अहिलेसम्म ९८ हजार रुसी प्रवेश गरेको बताएको छ।

कजाकस्तान र जर्जिया पूर्व सोभियत सङ्घको हिस्सा थिए र रुसी नागरिकहरू देश छोडेर कार, साइकल वा पैदल यात्रा गरी दुई देशमा प्रवेश गरिरहेका छन्।

कजाकस्तानका आन्तरिक मन्त्री मारात अख्मेतजानोभले पुटिनले आरक्षित सेनाको आंशिक तैनाथको घोषणापछि देश छोडेकाहरूलाई आपराधिक आरोपमा अन्तर्राष्ट्रिय वान्टेड सूचीमा परेनन् भने अधिकारीहरूले उनीहरूलाई देश निकाला नगर्ने बताएका छन्।
 



नयाँ