arrow
ADVERTISEMENT

नोर्ड स्ट्रिम पाइपलाइन तोडफोड स्वीडेनमाथिको आक्रमण होइन- विदेशमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १२ बुधबार
baltic-sea-nord-stream-pipeline.jpg

काठमाडौं । स्वीडेनकी विदेशमन्त्री एन लिन्डेलेले नोर्ड स्ट्रिम ग्यास पाइपलाइनमा भएको संदिग्ध तोडफोड स्वीडेनमा आक्रमण नभएको बताएकी छन् ।

'यो स्वीडेन विरुद्धको आक्रमण होइन किनभने यो हाम्रो क्षेत्रमा छैन,' लिन्डेले भनेकी छिन्,'यो अन्तर्राष्ट्रिय घटना हो।'

उनले अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिन्केनले के भयो भनेर पत्ता लगाउन सहयोग प्रस्ताव गरेको र ईयू र नेटोका महासचिव जेन्स स्टोल्टेनबर्ग दुबैलाई सूचित गरिएको बताएकी छिन् ।

डेनमार्क र स्वीडेनले मंगलबार बाल्टिक सागरमा दुई नोर्ड स्ट्रिम पाइपलाइनमा भइरहेको ठूलो चुहावट दुई देशको विशेष आर्थिक क्षेत्रहरूमा गरिएको तोडफोडको जानाजानी गरेको कार्य भएको भनेका थिए ।

पाइपलाइनमा विस्फोट स्वीडेन र डेनिसको क्षेत्रीय जलक्षेत्रबाहिर भएको पनि दुवै देशको भनाइ छ । नोर्ड स्ट्रिम १ र २ मा भएको विष्फोटले स्वीडेन र डेनमार्कमा प्रत्यक्ष सैन्य खतरा वा हमलाको प्रतिनिधित्व नगरेको स्विडेनी र डेनिस प्रधानमन्त्रीहरूले मंगलबार भनेका छन् ।

नर्ड स्ट्रिम १ र २ ग्यास पाइपलाइनलाई असर गर्ने अज्ञात चुहावटमा अनुसन्धान भइरहेको छ । यो पाइपलाइनले रूसबाट बाल्टिक सागर हुँदै युरोपमा ग्यास ल्याउँछ।

यो चुहावटले पाइपहरू रहेको बाल्टिक सागरमा रहेका जहाजहरू र फराकिलो वातावरणका लागि ठूलो खतरा निम्त्याउने विश्लेषकहरूको भनाइ छ ।

यो चुहावटले युरोपले जाडो अघि नोर्ड स्ट्रिम १ पाइपलाइनमार्फत ग्यास प्राप्त गर्न सक्ने कुनै पनि बाँकी अपेक्षाहरूलाई नष्ट गर्ने समेत उनीहरुको भनाइ छ । जुन युरोपका लागि झन तनावको विषय हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ