- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विवेकशील साझा परित्याग गरेका रवीन्द्र मिश्रसहितका नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । मिश्रले प्रजातन्त्र पार्टी (राप्रपा) मा वरिष्ठ उपाध्यक्ष पद पाएका छन् ।
विवेकशील साझा पार्टी छाडेर राप्रपासँग एकीकरण गर्नु पुगेका रवीन्द्र मिश्रले भूराजनीतिक हिसाबले संवेदनशील रहेको हाम्रो देशमा संघीयता नचाहिने दाबी गरेका छन् । नेपालमा आएको राजनीतिक परिवर्तनमा कुनै पनि योगदान नदिएका मिश्रले संघीयता चाहिँदैन भन्नु कुनै अनौठो कुरा होइन ।
बृहत ध्रुवीकरण, एकता घोषण कार्यक्रममा बोल्दै मिश्रले आफूमा भन्दा नेपाली कांग्रेसमा बढी विचलन आएको टिप्पणी गर्दै नेपालमा विदेशी हस्तक्षेप बढेको मात्र होइन, आर्थिक हिसाबले पनि संघीयता नचाहिने बताएका हुन् ।
उनले भने ‘हामी जस्तो भूराजनीति रुपमा संवेदनशील भएका देशमा संघीयता चाहिँदैन । आर्थिक रुपमा मात्रै हैन् चाँहिदैन भन्ने कुरा मान्यता हो । ५२ सालमा माओवादीले हतियार उठाउँदा कांग्रेसको सरकार थियो । कि राष्ट्रिय प्रजातन्त्रको सरकार थियो ? लाउडा काण्ड, धमिजा काण्ड गर्दा खेरी संसद किनबेच गर्दा कस्को सरकार थ्यो ? तपाईहरुले वीपी कोइराला गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको सपना मारेर तपाईहरुले विचलन ल्याको हो कि मैले ल्याएको ? देश लामो समयसम्म विकृतिबाट गाँजियो । देशमा हामी यसरी रजाँई गर्छौं मानौं यो देश तपाँई र मेरो पुस्ताको मात्रै हो । नियतिले तपाँई र मेरो पुस्तालाई रजाई गर भनेर दिएको देश हैन यो ।’
विवेकशील साझा पार्टीको अध्यक्ष हुँदा ‘मार्ग परिवर्तन’ शीर्षकको दस्तावेज ल्याएपछि आफूमा विचलन आएको भन्ने सार्वजनिक टिप्पणीको प्रतिउत्तरमा मिश्रले आफूमा भन्दा कांग्रेसमा धेरै विचलन आएको दावी पेस गरका हुन । उनले आफुलाई तराजु छोडेर हलो बोक्न कुनै लाज नहुने बताएका छन् ।
‘यो देशमा ६० प्रतिशत मानिस कृषक छन् । ६० प्रतिशत कृषक रहेको देशमा मलाई पनि हलो बोक्न कुनै लाज छैन’
विवेकशील साझा परित्याग गरेका रवीन्द्र मिश्रसहितका नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । मिश्रलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वरिष्ठ उपाध्यक्ष पद पाएका छन् ।
रविन्द्र मिश्र बीबीसी नेपाली सेवा लण्डनका पुर्व निर्देशक हुन । उनी त्यहाँ काम गर्दै देशका बारेमा दिएको अभिव्यक्ति निकै विवादित बनेको थियो ।
उनी एक पत्रकार तथा स्तम्भकार पनि हुन् । उनीद्वारा नेपाली विभिन्न पत्रिकाहरूमा मुख्यतः नेपाल साप्ताहिकमा विभिन्न कालखण्डमा छद्दनाम प्रयोग गरेर छपाइएका समसामयिक स्तम्भ लेखहरूको सङ्गालो भूमध्य रेखा नामको पुस्तक प्रकाशित भएको छ । त्यस पुस्तकबाट प्राप्तहुने रोयल्टी रकम मिश्रले चितवनस्थित राउटेहरूलाई सहयोग गर्ने कुरा पुस्तक बिमोचन समारोहमा गराएका थिए ।