arrow
ADVERTISEMENT

डोनेट्स्क क्षेत्र पूर्ण नियन्त्रणमा नआएसम्म युद्ध जारी रहने रुसको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १२ बुधबार
russia-ukraine-war-ukrainian-soilder.jpg

काठमाडौं । रुसले  'कम्तीमा' युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्र आफ्नो कब्जामा नआएसम्म आफ्नो आक्रमणजारी रहने बताएको छ । पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रलाई पूर्ण नियन्त्रणमा नआएसम्म रुसले आफ्नो स्ववर्णित 'विशेष सैन्य अभियान' जारी राख्नु पर्ने क्रेमलिनले बताएका हुन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुस समर्थित प्रशासनलाई उद्धृत गर्दै डोनेट्स्क जनवादी गणतन्त्र (डीपीआर)को 'मुक्ति' प्राप्त नगरेसम्म आक्रमण 'कम्तीमा' जारी रहने पत्रकारहरूसँगको भेटमा बताएका हुन् ।

रुसको रक्षा मन्त्रालयले पूर्वी डोनेट्स्क क्षेत्रको रुसी नियन्त्रित सहर लिमानमा युक्रेनी आक्रमण असफल भएको र कीभका ७० सैनिकको मृत्यु भएको बताएको छ ।

उता जर्मनीको नौसेनाले नोर्ड स्ट्रिम १ र २ ग्यास पाइपलाइन चुहावटको अनुसन्धानमा योगदान पुर्‍याइरहेको त्यहाँकी रक्षामन्त्रीले बताएकी छन् ।

क्रिस्टीन ल्याम्ब्रेचले एक विज्ञप्तिमा घटनाको कारण र सम्भावित अपराधीहरू चाँडै पत्ता लगाउनु पर्ने बताएकी हुन् ।

क्रेमलिनले नोर्ड स्ट्रिम ग्यास पाइपलाइनमा सम्भावित आक्रमणको लागि रुस जिम्मेवार रहेको भनालाई मुर्खता भन्दै खारेज गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ