arrow
ADVERTISEMENT

कब्जामा रहेको भूभाग गाभ्ने रुसको तयारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १३ बिहिबार
ukraine-russia-war-win.jpg

काठमाडौं ।  रुसले युक्रेनको आफ्नो कब्जामा रहेका चार वटा भूभागलाई औपचारिक रूपमा गाभ्ने तयारी गरिरहेको छ । यी क्षेत्रमा जनमत सङ्ग्रह रुसको पक्षमा भएको स्रोतले जनाएको छ । तर, छिमेकी देशमाथि आक्रमण गर्ने अन्तर्राष्ट्रिय दबाबबाट मस्कोले राहत पाउने कुनै सम्भावना देखेको छैन ।

युक्रेनको दक्षिण र पूर्वमा रुस समर्थित प्रशासनले पाँच दिनसम्म चलेको मतदानमा नागरिकले रुसमा विलय हुन चाअेको बताए ।  रुसले नियुक्त गरेको मतदान अधिकारीहरूले जापोरिजियामा ९३, खेरसनमा ८७, लुहान्स्कमा ९८ र डोनेस्कमा ९९ प्रतिशतले रुससँग विलयको पक्षमा रहेको बताएका छन् ।


अधिकारीहरूले अब राष्ट्रपति भ्लादिमिर पुटिनलाई यी क्षेत्रहरूलाई रुसमा गाभ्न अनुरोध गर्नेछन्। यसका लागि के प्रक्रिया अवलम्बन गर्ने भन्ने अझै स्पष्ट छैन । 

अर्कोतर्फ अमेरिका र पश्चिमा देशहरूले यो भोटबाट रुसले छिमेकी राष्ट्रमाथिको आक्रमणलाई जायज ठहराउने व्यर्थ प्रयास गरिरहेको बताएका छन् । उनीहरूले मतदानलाई गैरकानुनी र गलत भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ