arrow

फ्लोरिडामा शक्तिशाली आँधी, चार हजारभन्दा बढी उडान रद्द

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १३ बिहिबार
Florida.jpg

अन्तर्राष्ट्रिय । अमेरिकाको फ्लोरिडा राज्यमा भारी वर्षासँगै शक्तिशाली आँधी आएको छ ।  शक्तिशाली आँधी ‘इयान’अमेरिकाको फ्लोरिडाको दक्षिण पश्चिमी तटमा पुग्दा भारी वर्षा, बाढीको अवस्था र तेज हावा चलिरहेको छ । दशकौँपछि पहिलो पटक अमेरिकामा यस्तो खतरनाक आँधी आएको बताइएको छ । 

बुधबार आएको यो आँधीलाई तीव्रताका आधारमा पाँचौँ श्रेणीमा राखिएको छ र यसको गति २५० किलोमिटर रहेको छ । हावाहुरीको चपेटामा पर्न सक्ने घरहरू खाली गर्न निर्देशन दिइएको छ । लाखौँ मानिस विस्थापित भएका छन् । सो क्षेत्रमा बिजुली अवरुद्ध  छ । करिब १८ लाख जनतालाई विद्युत् आपूर्ति हुन सकेको छैन ।

फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले बुधबार भनेका छन्, “मानिसहरूको लागि प्रार्थना गर्नुहोस्। यो धेरै खराब दिन हो। “इन्टरनेशनल हरिकेन रिसर्च सेन्टरका एसोसिएट डाइरेक्टर एरिक सल्नाले भने, “समुद्री पानी आँधीबेहरीका कारणले गरेको विनाशलाई नदेखेसम्म कल्पना गर्न पनि गाह्रो छ।”

एरिक सालना भन्छन् , तथ्याङ्क र इतिहास हेर्दा, हावाले भन्दा पानीको कारणले धेरै मानिसको मृत्यु हुनसक्छ र इयानको अवस्था सबैभन्दा खराब छ।
फ्लोरिडाको सम्पूर्ण पश्चिमी तटमा आँधीको चेतावनी जारी गरिएको छ। बुधवार र बिहीबार अमेरिका भित्र र बाहिर गरी ४ हजारभन्दा बढी उडानहरू रद्द गरिएका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ