arrow
ADVERTISEMENT

नर्ड स्ट्रिम पाइपलाइनमा स्वीडेनले फेला पार्‍यो नयाँ चुहावट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १३ बिहिबार
baltic-sea-nord-stream-pipeline.jpg

काठमाडौं । स्वीडेनले युरोपेली युनियन (ईयू) मा रूसी प्राकृतिक ग्यास पठाउने समुद्रमुनिको प्रमुख पाइपलाइनमा नयाँ चुहावट फेला पारेको छ । डेनमार्क र स्वीडेनले नोर्ड स्ट्रिम १ र २ पाइपलाइनमा ग्यास चुहावटको रिपोर्ट गरेसँगै यो यो हप्ता पत्ता लागेको चौथो चुहावट हो ।

युक्रेनी अधिकारीहरु र उसका सहयोगी मुलुकहरुले यसलाई रुसीहरुको जानीजानी आक्रमण भएको भनेका छन् । ईयूले उक्त चुहावट तोडफोडका कारण भएको बताएको छ।

रुसले आफ्नो पाइपलाइनमा आक्रमण गरेको भन्ने अन्यत्र सुझावहरूलाई पूर्वानुमानयोग्य र मूर्खतापूर्ण भन्दै खारेज गरेको छ। स्विडेनी कोस्ट गार्डले उनीहरूले नर्ड स्ट्रिम २ मा चौथो चुहावट फेला पारेको बताएका हुन् । यो पहिले नर्ड स्ट्रिम १ मा फेला परेको ठूलो चुहावटको नजिकै रहेको बताइएको छ ।

युरोपेली संघले यसअघि युक्रेनलाई समर्थन गरेको भन्दै रुसले पश्चिमाविरुद्ध ग्यास आपूर्तिलाई हतियारको रूपमा प्रयोग गरेको आरोप लगाएको थियो। दुवै पाइपलाइनमा अहिले ग्यास भए पनि ढुवानी भने भइरहेको छैन ।

महाद्वीपको ऊर्जा पूर्वाधारमा कुनै पनि जानाजानी आक्रमणको सबैभन्दा बलियो सम्भावित प्रतिक्रिया दिइने भन्दै युरोपेली नेताहरु एकजुट भएका छन् । नर्वेले तेल र ग्यास प्रतिष्ठानहरूको सुरक्षा गर्न आफ्नो सेना तैनाथ गर्ने बताएको छ।

ग्यास पाइपलाइनहरु यसरी अवरुद्ध हुनु युरोपका लागि यस हिउँदमा उर्जा संकटबाट जोगिन झनै चुनौती बन्न पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ