arrow
ADVERTISEMENT

युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १३ बिहिबार
putin-ukraine-annex.jpg

काठामाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार औपचारिक रूपमा युक्रेनी भूभागको १५ प्रतिशत रुसमा गाभ्न शुरु गर्ने भएका छन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार आयोजना हुने समारोहमा रूसी संघमा नयाँ क्षेत्रहरू सम्मिलित गर्ने सम्झौताहरु हुने बताएका हुन् । रुसमा चार युक्रेनी क्षेत्रहरू थप्न आयोजना हुने क्रेमलिन हस्ताक्षर समारोहको अध्यक्षता पुटिनले गर्ने छन् ।

पेस्कोभले भनेका छन्,'जनमत संग्रह गर्ने र रुसी पक्षलाई अनुरूप अनुरोध गर्ने चारै क्षेत्रहरूसँग सम्झौतामा हस्ताक्षर गरिनेछ।'

युक्रेन र पश्चिमा मुलुकले भने रुसले युक्रेनमाथि आक्रमण गरेको सात महिनापछि आयोजित जनमत संग्रहलाई अवैध शम्स भन्दै अस्वीकार गरेका छन् ।

यी क्षेत्रहरूलाई रूसमा समाहित गर्ने पुटिनको निर्णयको अर्थ मास्कोले पूर्वी र दक्षिणी युक्रेनको विशाल क्षेत्रहरूलाई आफूमा गाभ्ने छ । जुन युक्रेनको कुल क्षेत्रको करिब १५ प्रतिशत हो ।

क्रेमलिनमा हस्ताक्षर समारोहपछि पुटिनले प्रमुख भाषण दिनेछन् र युक्रेनी क्षेत्रका मास्को नियुक्त प्रशासकहरूसँग भेट गर्नेछन् । रुसले यसअघि सन् २०१४ मा क्रिमियालाई आफुमा गाभेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ