arrow
ADVERTISEMENT

रुसमा चार नयाँ क्षेत्र गाभेको घोषणा गर्दै पुटिनले गरे 'जयजयकार'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १४ शुक्रबार
vladimir-putin-ukraine.jfif

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार क्षेत्रहरुलाई रुसमा गाभेको घोषणा गरेका छन् । शुक्रबार आयोजित एक सम्मेलनमा भाषण गर्दै पुटिनले भनेका छन्,'रूसका चार नयाँ क्षेत्रहरू छन् ।'

यसको विरोधमा रहेका पश्चिमी मुलुकहरुमध्येको ठूलो संगठन युरोपियन युनियनकी उर्सुला भोन डेर लेनले रुसको गैरकानूनी कदमले केही परिवर्तन नगर्ने टिप्पणी गरेकी छन् ।

यस्तै पुटिनले पश्चिमी समाजलाई शैतानी भन्दै आक्रमण गरेका छन् । मास्कोमा चार युक्रेनी क्षेत्र विलय समारोहलाई सम्बोधन गर्दै रुसका राष्ट्रपतिले पश्चिम परम्परागत र धार्मिक मूल्यहरूबाट टाढा भइसकेको बताएका छन् ।

यस्तै पुटिनले संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले रुसबाट युरोपसम्म चल्ने नर्ड स्ट्रिम पाइपलाइनलाई तोडफोड गरेको आरोप लगाएका छन् ।

'एङ्ग्लो-स्याक्सनहरूका लागि प्रतिबन्धहरू पर्याप्त थिएनन्स् तिनीहरू तोडफोडमा लागे,' पुटिनले मास्कोमा विलय समारोहमा आफ्नो भाषणका क्रममा भनेका छन् ।

पुटिनले आफ्नो भाषण समाप्त गरिसकेपछि रुसले कब्जा गरेको चार युक्रेनी क्षेत्रका मास्कोद्वारा नियुक्त नेताहरूसँग औपचारिक विलयीकरण कागजातहरूमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको थियो ।

मास्कोमा लामो कार्यक्रमको लागि भेला भएका दर्शकहरूलाई प्रत्येक प्रतिनिधिको परिचय गराउँदा दर्शकहरूले ताली बजाएका थिए ।

युक्रेनी नागरिक,अधिकारी र धेरै पर्यवेक्षकहरूले देशको पूर्व र दक्षिणमा चार क्षेत्रहरू कब्जा गर्ने रुसको कदम ठग भन्दा बढी भएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ