arrow

गठबन्धनको तालमेल अप्ठेरोमा पर्दै, जसपाको एक्लै लड्ने निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १५ शनिबार
JasAPA.png

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कसैसँग पनि तालमेल नगर्ने भएको छ । शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो  ।

बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो पार्टीको समेत सहभागितामा रहेको पाँच दलीय गठबन्धनमा आगामी हुने संघीय संसद र प्रदेश सभा सदस्यको निर्वाचनमा सिटको तालमेलको सम्बन्धमा भइरहेको सिट बाँडफाँट सम्बन्धी छलफलमा हाम्रो पार्टीको लागि सन्तोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिने छ । सो पनि हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिन्छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ