arrow

राजदूत यान्छीको कार्यकाल सकियो, कार्तिकमा फर्कने  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १६ आइतबार
chinese-ambassador.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने भएकी छिन् । आफ्नो चार वर्षे कार्यकाल पूरा गरी यान्छी अर्को महिना चीन फर्किन लागेकी हुन् । 

चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स (आसियान) क्षेत्रको राजदूतको रुपमा पठाउने बुझिएको छ । 

राजदूत होउ फर्केसँगै नेपालका लागि नयाँ राजदूतमा को आउने हो ? त्यस बारेमा भने कुनै निर्णय चीनन सरकारले सार्वजनिक गरेको छैन । यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रुपमा नेपाल आएकी थिइन् ।

उनले यस महिनामा राष्ट्रपति, प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरुसँग बिदाई भेट गर्नेछिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ