arrow

जापानी आकाशमा उत्तर कोरियाले गर्‍यो ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १८ मंगलबार
northkorea-missile-japan.jpg

काठमाडौं । उत्तर कोरियाले जापानी आकाशमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । बीबीसीका अनुसार मंगलबार बिहान गरिएको क्षेप्यास्त्र प्रहारसँगै जापानी सरकारले होक्काइदो द्वीपका बासिन्दालाई घरबाहिर ननिस्कन निर्देशन दिएको छ ।

सन् २०१७ पछि उत्तर कोरियाले पहिलोपटक जापानी आकाशमाथि क्षेप्यास्त्र प्रहार गरेको हो । उत्तर कोरियाले मध्यम दूरीको क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ ।

संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि ब्यालेस्टिक र परमाणु हतियारको परीक्षण गर्न प्रतिबन्ध लगाए पनि उत्तर कोरियाले भने पटक–पटक यसको उल्लंघन गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ