arrow

चन्द्रमामा बिरुवा उब्जाउँदै वैज्ञानिकहरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २१ शुक्रबार
plant-tree.jpg
तस्बिर – फाइल ।

सिड्नी । अष्ट्रेलियाका वैज्ञानिकहरूले शुक्रबार अनावरण गरेको नयाँ मिसनमा २०२५ सम्ममा चन्द्रमामा बिरुवाहरू उब्जाउने प्रयास गरिरहेका छन् । जुन उनीहरूले भविष्यको उपनिवेशको लागि मार्ग प्रशस्त गर्न मद्दत गर्न सक्ने बताइएको छ । 

क्वीन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका वनस्पति विज्ञ ब्रेट विलियम्सले निजी इजरायली चन्द्र अभियान अन्तर्गतको बेरेशिट २ अन्तरिक्ष यानले बिउ बोक्न बताएका छन् । 

यान अवतरणपछि सिल गरिएको कक्षभित्र बिउलाइ पानी दिइनेछ । बिज अंकुरण र वृद्धिको संकेतबारे निरन्तर निगरानी गरिनेछ । चरम परिस्थिति राम्रोसँग सामना गर्न सक्ने र चाँडो अंकुरण हुने विरुवा छनोट गरिने उनले बताए । 

एउटा सम्भावित छनोट भनेको अष्ट्रेलियाको ‘पुनरुत्थान घाँस’ हो जुन निष्क्रिय अवस्थामा पानीबिना बाँच्न सक्छ । एजेन्सी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ