arrow

गठबन्धनबीच भागबण्डा, जसपालाई दिने सिट कांग्रेस र लोसपालाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २२ शनिबार
deuba-prachanda-nepal-1353.jpg

काठमाडौं । सत्ताधारी दलहरुको गठबन्धनले प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट गरेका छन् । शुक्रबार अबेर राति दलहरुले भागबण्डा गरेका हुन् । 

जनता समाजवादी पार्टी जसपाले सत्ता गठबन्धन छाडेर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग चुनावी एकता गरेपछि उसको ठाउँमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपाललाई सिट बाँडफाँट गरिने भएको छ । 

अर्थात् पाँच दलीय गठबन्धनबाट जसपा घटेपछि लोसपा भित्रिएको छ । जसपालाई दिने सिट नेपाली कांग्रेस र लोसपाले मिलेर लिनेछन् । 

जसअनुसार १६५ मध्ये नेकपा माओवादी केन्द्रले ४५, नेकपा एकीकृत समाजवादीले २० र राष्ट्रिय जनमोर्चाले २ स्थान प्राप्त गरेका छन् । 

बाँकी ९८ स्थानमा कांग्रेस र लोसपाबीच बाँडफाँट हुनेछ । अहिले १२ क्षेत्र खाली राखिएको छ । त्यही १२ क्षेत्र लोसपालाई दिएर कांग्रेस ८६ मा बस्न सक्ने अनुमान गरिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ