arrow

नवौं राष्ट्रिय खेलकुदः दुई खेलका २ सय ४२ जना खेलाडी नवलपुरमा खेल्दै

logo
सञ्जय भट्टराई, 
प्रकाशित २०७९ असोज २३ आइतबार
9th-national-games-logo.jpg

कावासोती । असोज २८ गते देखि गण्डकी प्रदेशको राजधानी पोखरामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने नवौं राष्ट्रिय खेलकुदको दुईवटा स्पर्धा नवलपुरमा हुने भएको छ ।

जिल्लामा नवौं राष्ट्रिय खेलकुदको दुईवटा स्पर्धा हुने तय भएसँगै आवश्यक तयारी शुरु गरिएको र अहिले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समिति नवलपुरका कार्यालय प्रमुख विष्णुलाल श्रेष्ठले जानकारी दिए । 

नवलपुरमा कुस्ती र सेपाताक्रोको राष्ट्रिय प्रतियोगिता हुँदैछ जसमा कुस्तीतर्फ १ सय ५८ र सेपाताक्रो तर्फ ८४ जना गरि २ सय ४२ जना खेलाडीले भाग लिने श्रेष्ठले बताए । 

प्रतियोगिताको कुस्ती थारु राष्ट्रिय संग्रहालय डन्डा र सेपाताक्रो कावासोतिमा रहेको योङ्ग स्टार क्लबको कभर्डहलमा हुने प्रमुख श्रेष्ठले बताए । 

प्रतियोगिता असोज २८ बाट शुरु हुने भए पनि पूर्वी नवलपरासीमा असोज २९ देखि कार्तिक १ गतेसम्म खेल सञ्चालन हुने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ