arrow

रसुवामा मोहन आचार्यसहित २७ जनाको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २४ सोमबार
mohan-acharya-election-2079.jpg

रसुवा । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि रसुवामा २७ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले दिएको जानकारी अनुसार प्रतिनिधि सभा सदस्य पदका लागि ९ जना, प्रदेश सभा क्षेत्र क को सदस्यका लागि ९ र प्रदेशसभा क्षेत्र ख को सदस्य पदका लागि ९ जना गरी २७ जनाको उम्मेदवारी परेको छ ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसबाट मोहन आचार्य, नेपाल कम्युनिष्ट पार्टी एमालेबाट छोवाङ तेन्जिन तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट टिकाप्रसाद देवकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिननाथ देवकोटा, नेपाल मजदुर किसान पार्टीबाट रामेश्वर बासी, मंगोल नेशनल अर्गनाइजेसनबाट विकास गलान र स्वतन्त्रबाट रामशरण पौडेल र लिलाबहादुर न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यसैगरी प्रदेशसभा क्षेत्र ‘क’ को सदस्य पदका लागि नेपाली कांग्रेसबाट प्रभात तामाङ, नेपाल कम्युनिष्ट पार्टी एमालेबाट कुलप्रसाद भट्ट, नेकपा एकीकृत समाजवादीबाट सनथ देवकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महेश कुमार डंगोल, नेपाल मजदुर किसान पार्टीबाट बाबुकाजी माकजु, मंगोल नेशनल अर्गनाइजेसनबाट जितमान तामाङ, जनसमाजवादी पार्टीबाट कामी थोक्रा, तामाङसालिङ लोकतान्त्रिक पार्टीबाट पाल्देन वाङ्दी तामाङ र स्वतन्त्रबाट सिदर याङजेन लामाले मनोनयनपत्र दर्ता गराएका छन् ।

त्यसैगरी प्रदेश सभा क्षेत्र ‘ख’ को सदस्य पदका लागि नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट इन्द्रप्रसाद गोतामे, नेपाल कम्युनिष्ट पार्टी एमालेबाट तेम्व्रेल तामाङ, नेकपा एसबाट रामप्रसाद न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हरिप्रसाद घिमिरे, मंगोल नेशनल अर्गनाइजेसनबाट वाङदे घले, नेपाल मजदुर किसान पार्टीबाट तुल्सी राम ग्वाछा, तामाङसालिङ लोकतान्त्रिक पार्टीबाट वाङजेन तामाङ, नेपाली कांग्रेस वीपीबाट शारदाकुमार न्यौपाने र स्वतन्त्रबाट चेसाम तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ