- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कानो । नाइजेरियाको दक्षिणपूर्वी राज्य अनाम्ब्रामा डुंगा दुर्घटना हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । ८० जना सवार उक्त डुंगा अनाम्ब्रा राज्यको ओगबरु क्षेत्रमा शुक्रबार पल्टिएको हो ।
मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । बाढीको पानीले डुबानमा परेपछि उनीहरू सुरक्षित स्थानमा पुग्न खोजिरहेका थिए ।
राष्ट्रपति मुहम्मदु बुहारीले उक्त दुःखद दुर्घटनाका पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले देशको जल यातायात प्रणालीमा सुरक्षा उपायहरूको समीक्षा गर्न पनि आदेश दिएका छन् ।
बुहारीले सरकारी निकायलाई डुंगाहरूमा सुरक्षा प्रोटोकलहरू जाँच गर्न र भविष्यमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्न आह्वान गरे ।
स्थानीय सञ्चारमाध्यमका अनुसार डुंगा पल्टनुअघि ओग्बाकुबाको न्क्वो बजारतर्फ बढिरहेको थियो । डुंगाको इन्जिन फेल भएको थियो र पल्टिनु अघि एउटा पुलमा ठोक्किएको बताइएको छ । एजेन्सी