arrow

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङ्गको पहिलो स्वर्ण बागमतीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २४ सोमबार
9th-national-games-gandaki-fencing.jpg

पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको फेन्सिङ्ग प्रतियोगितामा बागमती प्रदेशले पहिलो स्वर्ण हात पारेको छ । बागमती टिमले महिला ब्यक्तिगत सावर विधामा स्वर्ण जितेको हो । 

शिक्षा नापितले बागमतीको लागि नवौंमा पहिलो स्वर्ण दिलाएकी हुन् । उनले एपीएफकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । तेश्रो स्थानमा सेनाका रविना थापा र मनिषा श्रेष्ठ रहे ।

पोखराको ब्याडमिन्टन कभर्डहलमा भएको प्रतियोगितमा इपी महिला ब्यक्तिगततर्फ सेनाले वर्चस्व बनायो । सेनाकी ईन्दिरा पौडेलले स्वर्ण जित्दा सीता पाठक रजतमा खुम्चिइन् । यस्तै सेनाकी पुजन कुमालले कास्य जित्दा अर्को कास्य एपीएफकी जानुका स्याङ्गतानले जितिन् ।

पुरुष तर्फ सुदूरपश्चिम प्रदेशका जलेन्द्र शाहीले आफ्नो प्रदेशका लागि स्वर्ण जिते । उनले बागमतीका संजीप लामालाई पराजित गर्दै स्वर्ण जितेका हुन् । सेनाका वीर सिंह शाही र एपिएफका शेरसिंह ऐरीले कास्य पदका चित्त बुझाए ।

विजयी खेलाडीहरुलाई बागमती प्रदेशका सदसस्य सचिव सूर्यलाल भण्डारी, सुदूरपश्चिम प्रदेशका सदस्य सचिव दीपक सिंह र राष्ट्रिय खेलकुद परिषद्का प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेतले पुरस्कृत गरेका थिए ।

फेन्सिङ्गको आज तीन स्वर्णको छिनोफानो भएको छ । प्रतियोगिताको अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरेका थिए । प्रतियोगितामा दुई विभागीयसहित ६ टिमको सहभागीता रहेको छ ।

विभागीय टोली नेपाल आर्मी, शसस्त्र प्रहरी बल, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगितामा प्रत्येक टोलीमा १२ महिला र १२ पुरुष गरी २४ जना खेलाडीले सहभागीता जनाएका छन् ।

फेन्सिङ्ग अन्तर्गत ईपी, फोयल र सावर गरी तीन इभेण्टमा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिता राउण्ड रोविनको आधारमा हुने प्राविधिकले जनाएका छन् ।
नवौं राष्ट्रिय प्रतियोगिताको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले जितेको थियो । 

पुलिसले पुरुष क्रिकेटमा पहिलो स्वर्ण जित्दै स्वर्ण तालिकामा पहिलो स्थान बनाउन सफल भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ