arrow

नवौं राष्ट्रिय खेलकुदः पुलिसले कर्णालीलाई हरायो ६३ रनले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २४ सोमबार
9th-national-games-gandaki-gandaki-cricket-women.jpg

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ । पुलिस क्लबले दिएको १ सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा वर्षातले खेल रोकिन पुग्यो । 

१०.२ ओभरमा खेल जारी रहँदा पानी परेको थियो । वर्षातका कारण बाँकी खेल सम्भव नभएपछि डक वर्थ लेविस नियमानुसार पुलिस क्लब ६३ रनले विजयी भएको हो ।

खेल रोकिनुअघि कर्णाली प्रदेशले ७ विकेटको क्षतिमा १७ रन जोडेको थियो । कर्णालीका लागि दिक्षा पुरीले सर्वाधिक ७ रन बनाएकी थिइन् । दिव्या रानाले ३, करिश्मा राइले १ रन जोड्दा कर्णालीका ५ जना शुन्य रनमै आउट भए । पुलिस क्लबकी सवनम राई, संगीता राई, कविता जोशी, इश्वरी विष्ट र हिरनमाय रोयले समान १ विकेट लिए। ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित १६ ओभरमा ६ विकेटको क्षतिमा १ सय १० रनको योगफल तयार पारेको थियो । मैदान भिजेका कारण ढिला शुरु भएको खेलमा ४ ओभर घटाइएको थियो ।

पुलिसका लागि सम्झना खड्काले २१ बलमा २ चौकाको मद्धतमा २५ रन बनाइन् । यसअघि काजल श्रेष्ठ र कविता कुँवरले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । कविता र काजल दुवैले समाज १६ रन बनाएका थिए । रेवती धामीले १४ रन बनाइन् । 

कर्णाली प्रदेशका लागि अन्जु गुरुङले ३ तथा बिना थापा र एञ्जिला क्षत्रीले समान १ विकेट लिए । खेलमा पुलिसका सम्झना खड्का प्लेयर अफ द म्याच भइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ