arrow

अन्तरविरोध हुँदाहुँदै पनि साझा मुद्दामा दलहरुबीच संयुक्त मोर्चा र कार्यगत एकता हुन्छ : अध्यक्ष केसी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २५ मंगलबार
chitra-bahadur-kc-2079.jpg

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बागलुङ-१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार चित्रबहादुर केसीले आसन्न सङ्घ र प्रदेशको चुनाव सत्तारुढ गठबन्धनले जित्नुपर्नेमा जोड दिएका छन् ।

गठबन्धन दलद्वारा आज बागलुङ सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले चुनावमा अग्रगमनकारी शक्तिले जित्ने की परिवर्तन विरोधीले भन्ने विषय गम्भीर प्रश्न बनेर आएको उल्लेख गरे ।

“अहिलेको चुनाव अग्रगमन र प्रतिगमनबीचको लडाइँ हो, संविधान र गणतन्त्र जोगाउन अग्रगमनले जित्नैपर्छ, यो जीवनमरणको प्रश्न हो”, उनले भने, “राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुस् ।”

उहाँले संविधानका उपलब्धिको रक्षा गर्ने सर्तमा भिन्न विचार र कार्यशैली भएका दलहरुबीचमा संयुक्त चुनावी मोर्चा बनेको धारणा राखे ।

“ठूल्ठूला राजनीतिक परिवर्तन प्रजातान्त्रिक र वाम शक्ति मिलेर नै सम्भव भएको हो”, उनले भने, “अन्तरविरोध हुँदाहुँदै पनि साझा मुद्दामा दलहरुबीच संयुक्त मोर्चा र कार्यगत एकता हुन्छ ।”

अध्यक्ष केसीले चुनाव जितेर संसद्मा गएपछि आफूले आधारभूत तहका जनताको आवाजको प्रतिनिधित्व गर्ने बताए । विसं २०५६ र २०६४ को चुनावमा बागलुङ-२ बाट चुनाव जितेका केसी अहिलेको चुनावमा सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ