arrow

नरहरि आचार्यको शुभकामना लिए प्रदीपले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २६ बुधबार
narahari-acharya-pradip-poudel.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरि आचार्यले काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा उम्मेदवार प्रदीप पौडेललाई जितको शुभकामना दिएका छन् । काठमाडौं ५ कै पूर्व सांसद आचार्यले कांंग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता पौडेललाई शुभकामना जिँदै विवेकशील नागरिकको मन जित्न पनि आग्रह गरेका छन् । 

आचार्यले भने, ‘काठमाडौं क्षेत्र नम्बर ५ का आम नागरिक विवेकशील, निष्ठाबान र सचेत छन् । परिवर्तनको पक्षमा, सत्यको पक्षमा, विवेकपूर्ण न्यायको पक्षमा समर्पित यस क्षेत्रका बासिन्दा कार्यभारको नेतृत्व तिमीलाई तिमीलाई सुम्पने छन् भन्ने कुरामा विश्वस्त छु । जनचाहना अनुरुप स्थानीय, राष्ट्रिय र अन्तर्राैष्ट्रिय मुद्दामा सधै नागरिकको पक्षमा अडिग रहेर अगाडि बढ्नू ।’

तनहुँका पौडेल काठमाडौं ५ का लागि गठबन्धनका उम्मेदवार हुन् । यो क्षेत्रमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धी छन् । २०७४ सालको निर्वाचनमा पोखरेलले कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतलाई हराएका थिए । 

पछिल्लो समय युवाले स्थान पाउनुपर्छ भन्ने आवाज बुलन्द हुँदै जाँदा पौडेललाई मतदाताले साथ दिने विश्वास बौद्धिक नेता नरहरि आचार्यलेसमेत लिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ