arrow
ADVERTISEMENT

पुटिनले आणविक हतियार प्रयोग गर्नेमा बाइडेनको शंका

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २६ बुधबार
zelensky-biden-putin.jpg
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ट्याक्टिकल आणविक हतियार प्रयोग गर्नेमा शंका व्यक्त गरेका छन् ।

रुसी मिसाइल आक्रमणबाट बच्न युक्रेनले पश्चिमा मुलुकहरुबाट थप भारी सैन्य सहयोगको माग गरेका बेला बुधबार बाइडेनले यस्तो आशंका व्यक्त गरेका हुन् ।

सोमबार रुसले नियन्त्रणमा ल्याएको खेरसन र मेलिटोपोल शहरमा विष्फोट भएको थियो भने युक्रेनको राजधानी किभमा साइरन बजेको थियो । आफ्नो सेनाले सेप्टेम्बरको शुरुदेखि भूमि गुमाउँदै गएपछि पुटिन अहिले आन्तरिक दबाबमा परेका छन् भने उनले युद्धलाई आक्रामक बनाउन थालेका छन् ।

रुसले सन् २०१४ मा कब्जामा ल्याएको क्राइमिया जोड्ने पुलमा युक्रेनीतर्फबाट भएको भनिएको विष्फोटको बदलास्वरुप सोमबार आक्रमण भएको बताइएको छ ।

पछिल्ला हप्ताहरुमा विवादित जनमतसंग्रह, सयौं हजार नागरिक युद्धमा परिचालन गरेपछि र निरन्तर आणविक हतियार प्रयोग गर्ने चेतावनी दिँदै नयाँ नयाँ युक्रेनी क्षेत्र कब्जा गर्न थालेसँगै पश्चिमसमेत सतर्क बन्न थालेको छ ।

सीएनएनसँगको अन्तर्वार्तामा बोल्दै बाइडेनले पुटिन रेसनल खेलाडी भएको उसलाई महत्वपूर्णरुपमा गलत गणना गरिएको भनेका छन् । पुटिनले आणविक हतियार प्रयोग नगर्ने विश्वास भए पनि बाइडेनले प्रयोग गर्न सक्नेमासमेत शंका रहेको बताएका छन् । 

तथापि नेटोका महासचिव जेन्स स्टलटेनबर्गले रुसी आणविक हतियारको गतिविधिमा कुनै परिवर्तन भएको नदेखिएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ