arrow
ADVERTISEMENT

गले पुटिन, युरोपमा ग्यास आपूर्ति पुनः सुरु गर्न रुस तयार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २७ बिहिबार
russia-putin-vladimir-war.jpg

काठमाडौं । युद्धमा रहेको रुसले युरोपमा ग्यास आपूर्ति पुनः सुरु गर्न तयार रहेको बताएको छ । एक ऊर्जा मञ्चमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपमा ग्यास आपूर्ति पुनः सुरु गर्न रुस तयार रहेको बताएका हुन् । 

पश्चिमी मुलुकहरूमा देखिएको इन्धन अभावलाई सम्बोधन गर्न नोर्ड स्ट्रिम पाइपलाइनेको क्षतिग्रस्त भागमार्फत युरोपमा ग्यास आपूर्ति पुनः सुरु गर्न रुस तयार रहेको तर यसका लागि ‘बल ईयूको कोर्टमा रहेको’ पुटिनले बताएका छन् । 

युरोपेली नेताहरूले चर्चा गरेको तेलको मूल्य वृद्धि अर्बौं जनताको हितका लागि जोखिम’ भएको उनले बताए। पुटिन भने, 'केही पश्चिमा राजनीतिज्ञहरूको आत्म केन्द्रित निर्णयले विश्वको बजार अर्थतन्त्रलाई ध्वस्त पारिरहेको छ । 

सम्मेलनमा पुटिनले पाइपलाइनेको केही भाग चुहावटबाट प्रभावित नभएको सङ्केत गर्दै भने, 'रुस आपूर्ति सुरु गर्न तयार छ । 'बल ईयूको कोर्टमा छ । यदि उनीहरू चाहन्छन् भने, पाइपका टुटीहरू चालू गर्न सकिन्छ । '



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ