arrow
ADVERTISEMENT

सेनाको कारबाहीमा पचास लडाकु मारिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २७ बिहिबार
somalia.jpg.jpeg

मोगादिसु । सोमालियामा यहाँको सुरक्षा फौजले गरेको कारबाहीमा परी अल सेबाबका कम्तीमा पनि ५० जना लडाकु मारिएका छन् । सोमालियाको आतङ्ककारी समूह अल सेबाबका विरुद्धमा बुधबार गरेको कारबाहीका क्रममा ती लडाकु मारिएका यहाँको सेनाका एकजना अधिकारीले जनाएका छन् ।
  
मध्य सोमालियाको यासुमा गाउँमा सो आतङ्ककारी समूह अल सेबाबका विरुद्धमा यहाँको सेनाले गरेको कारबाहीका क्रममा ती लडाका मारिएका हुन् ।सो कारबाहीका क्रममा तीन जना सेना पनि मारिएका बताइएको छ । सोमालियाली सेनाका उपप्रमुख ओदोवा युसुफले सो कुराको जानकारी दिएका हुन् ।

उपप्रमुख युसुफले भने ‘‘हाम्रो सैन्य समूहले गरेको कारबाहीमा अल सेबाब आतंककारी समूहका ५० जना लडाकाको ज्यान गएको छ । त्यस क्रममा तीन जना सेनाको पनि ज्यान गएको छ ।’’ सोमालियाली सेनाले सो क्षेत्रमा अल सेबाबका विरुद्धमा कारबाही जारी राख्ने जनाएको छ ।

सेनाका अनुसार सो क्षेत्रमा यहाँका स्थानीय सुरक्षा समूहको सहयोगमा यहाँको सेनाले केही महिना यतादेखि अल सेबाबका विरुद्धमा कारबाही थालेको हो ।सो कारबाही आगामी दिनमा पनि जारी रहने सेनाले जनाएको छ । सोमालियामा पछिल्ला केही महियना यता यहाँको आतंककारी समूह अल सेबाबले सेना र प्रहरीका विरुद्धमा आक्रमण गरी हत्या गर्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ