arrow

सेती नदीमा हामफालेर खड्का बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २७ बिहिबार
Seti Nadi.jpg
फाइल तस्वीर

पोखरा । पोखराको सेतीनदीमा हामफालेर एक जना बेपत्ता भएका छन् । वेपत्ता हुनेमा बागलुङ नगरपालिका वडा नं. ३ घर भइ हाल पोखरा १५ नयाँगाउँ बस्दै आएका ४५ वर्षका अर्ण (केदार) बहादुर खड्का रहेका छन् । 

आज बिहान ६ बजे सेतीमा हामफालेर वेपत्ता भएका उनी साँझ ६ बजेसम्म पनि फेला परेका छैनन् । पोखरा-७ घारीपाटनस्थित सीताराम पुलबाट हामफालेर केदार वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

प्रहरीका अनुसार आज बिहान आफ्नै दाजु गोविन्द खड्का र छोरासंग मर्निङवाकमा निस्किएका केदार सेतीमा हामफालेका थिए । केदार पुलबाट हामफाल्दा आफूले पुल पार गरिसकेको र नजिकै रहेको छोरा चिच्याउँदा आफूले भाइलाई देख्दै नदेखेको दाजु गोविन्द बताएँछन् । 

उनका अनुसार केदारको पछिपछि हिंडिरहेका छोरा करिब पाँच मिटर पछाडि थिए । केदारले दायाबायाँ हेर्दै नहेरि पुलको बारमा उक्लिएर फुत्तै हामफालेका थिए । दाजु गोविन्द र छोराको भनाइ अनुसार केदारले हामफाल्ने तयारी गरेरै मर्निङवाकमा निस्किएको हुन सक्ने प्रहरीको अनुमान छ ।

कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले उनको खोजी कार्य जारी रहेको बताए । केदारले केही समयदेखि मानसिक रोगको औषधि सेवन गर्दै आएको पाइएको डिएसपी तिवारीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ