arrow
ADVERTISEMENT

ब्रजिलमा कोरोनाबाट पैँतालीस सय स्वास्थ्यकर्मीको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २८ शुक्रबार
covid_burial_brazil.jpg

ब्राजिल ।  ब्राजिलमा कोभिड १९ विरुद्धको सङ्घर्षका क्रममा कम्तीमा पनि चार हजार पाँच सय जनाको ज्यान गएको छ । जनस्वास्थ्यसम्बन्धी एक विश्व संस्थाले गरेको अनुसन्धानबाट यो तथ्य खुलेको हो ।

सो संस्थाले गरेको अनुसन्धानबाट ब्राजिलमा कोभिड १९ को उपचारमा खटेका स्वास्थ्यकर्मीमा चार हजार पाँच सय जनाको ज्यान गएको पाइएको हो । पब्लिक सर्भिस् इन्टरनेशसन (पिएसआइ) ले गरेको एक विश्वव्यापी अनुसन्धानमा ब्राजिलमा मात्र चिकित्सक, नर्स र कोभिडको उपचारमा खटेका अन्य स्वास्थ्यकर्मीहरूमा चार हजार पाँच सयको ज्यान गएको पाइएको हो ।

ती स्वास्थ्यकर्मीहरूको सन् २०२० को डिसेम्बरेदेखि सन् २०२१ मा गरेर ज्यान गएको हो । यो समय ब्राजिलमा कोभिड १९ को एक उच्च तहमा महामारी पुगेको समय हो । यसरी ज्यान जानेमा एक हजार एक सय ८४ जना नर्स रहेका छन् । उनीहरू ब्राजिलमा कोभिड १९ महामारी उच्च बिन्दु पुगेका बेला कार्यरत रहेका थिए ।

ब्राजिल कोभिड १९ बाट संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी मानिसहरूको निधन भएको देश हो । यहाँ छ लाख ८७ हजार जनाभन्दा बढीको ज्यान गएको छ ।कोभिडबाट सबैभन्दा बढी संक्रमित भएका देश भारत र अमेरिका हुन् । तर कोभिडबाट भएको मृत्यु दर अमेरिका र ब्राजिलका तुलनामा भारतमा भने कम छ ।

पिएसआइले विश्वका एक सय ५४ देशका करिब तीन करोड स्वास्थ्यकर्मीमा यो अनुसन्धान गरेको जनाएको छ । यसका लागि सो संस्थाले स्वास्थ्यसम्बन्धी विश्वका सात सयजति ट्रेड युनियन संस्थाहरू पनि जम्मा पारेको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ