arrow

बेगनासमा डुंगा डुब्दा बेपत्ता भएका गुरुङ मृत अवस्थामा भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २९ शनिबार
Begnash-Tal1.jpg
फाइल तस्वीर

पोखरा । पोखराको बेगनासतालमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका व्यक्ति मृत अवस्थामा भेटिएका छन् । आज दिउसो करिब ३ बजे डुंगा दुर्घटना हुँदा बेपत्ता भएका पोखरा-१३ का ३८ वर्षीया लालबहादुर गुरुङ करिब तीन घण्टापछि मृत फेला परेका हुन् ।

लामो समय अष्ट्रेलियामा बस्दै आएका उनी बेगनास ताल घुम्न आज त्यसतर्फ गएका थिए । स्थानीय एक होटलबाट कायक डुंगा लिएर गुरुङ सालीसहित ताल घुम्न निस्किएका थिए । उनले लाइफ ज्याकेटसमेत नलगाएका कारण डुब्न पुगेको प्रहरीको अनुमान छ ।

दुर्घटनास्थलबाट उनीसंगै रहेकी सालीको भने सकुशल उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ । गुरुङको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ