arrow
ADVERTISEMENT

युक्रेन नजिकको रुसी सैन्य तालिम केन्द्रमा बमबारी, ११ को मृत्यु १५ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३० आइतबार
russia-ukraine-war-ukrainian-soilder.jpg

काठमाडौं । बन्दुककारीहरूले युक्रेनी सीमा नजिकको रुसी सैन्य तालिम केन्द्रमा गोली चलाएपछि ११ जनाको मृत्यु भएको र थप १५ जना घाइते भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

दक्षिण पश्चिमी बेलगोलगोरोड क्षेत्रमा शनिवार भएको यो आक्रमणलाई रुसले आतङ्ककारी हमला भनेको छ । पूर्व सोभियत रिपब्लिक अन्तर्गतका दुई हमलाकारीहरूले गोली चलाएको जवाफी कारबाहीमा उनीहरू मारिएको रुसले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धमा सैन्य परिचालनको आदेश दिएपछि यस्तो घटना घटेको हो । यस्तै रुस र क्रिमिया जोड्ने एक मात्र रणनीतिक महत्त्वको पुलमा भएको विस्फोटको हप्तापछि यो आक्रमण आएको हो ।

रक्षा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,'स्वैच्छिक रूपमा युक्रेन विरुद्धको विशेष सैन्य अभियानमा भाग लिने इच्छा व्यक्त गर्ने व्यक्तिहरूसँगको बन्दुक हतियार प्रशिक्षण सत्रको क्रममा, आतङ्ककारीहरूले युनिटका कर्मचारीहरूमाथि साना हतियारले गोली हाने।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ