arrow

कर कटौतीको नीति फेरिएपछि बेलायतकी प्रधानमन्त्री ट्रसलाई पद जोगाउन सकस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३१ सोमबार
liz-truss-uk-audio-leak.jpg

काठमाडौं । कर कटौतीपछि अर्थतन्त्रमा तनाव आएपछि बेलायतकी प्रधानमन्त्री लिज ट्रसलाई पद जोगाउन सङ्घर्षको स्थिति सिर्जना भएको छ । नयाँ अर्थमन्त्रीसँगको तनावपूर्ण वार्ता र कन्जरभेटिभ सांसदहरूको आलोचनाले ट्रस झनै तनावमा छिन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले समेत उनको आर्थिक एजेन्डामाथि आक्रमण गरेपछि ट्रसले आइतबार दि सन अखबारमा लेखेकी छन्,'हामी हाम्रो प्रतिबद्धतामा बजारको विश्वास कायम नगरी कम कर, उच्च वृद्धि भएको अर्थतन्त्रको बाटो खोल्न सक्दैनौँ।'

त्यो विश्वास सेप्टेम्बर २३ मा खतरामा परेको थियो जब पूर्व कुलपति अथवा अर्थमन्त्री क्वासी क्वार्टेङ्ग र ट्रसले १९८० को अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनबाट प्रेरित दक्षिणपन्थी कार्यक्रमको अनावरण गरेका थिए । त्यति बेला रेगनले कर कटौती गरेर ५० अर्ब अमेरिकी डलरको ऋण भार थपेका थिए ।

कर कटौती र ऋण थप्ने ट्रसको निर्णयपछि यसले बजारमा तनाव थपेको छ । कन्जरभेटिभ पार्टीको रेटिंग घटेको छ भने ट्रस आफैसमेत तनावमा छिन् ।

कर कटौती र ऋण भारको प्याकेज ल्याउनमा आफ्नो सह भूमिका भए पनि ट्रसले शुक्रवार क्वार्टेङलाई बर्खास्त गरेकी छन् । उनको प्रतिस्थापनमा जेरेमी हन्ट नयाँ अर्थमन्त्री बनेका छन् भने, उनले अब कर कटौती हटाउँदै छन् यसले ब्रिटनहरुले दैनिक जीवन लागत सङ्कटको सामना गर्नुपर्ने स्थिति आउन सक्छ ।

बेलायतका नयाँ अर्थमन्त्रीले अक्टोबर ३१ मा सार्वजनिक गर्ने अर्को बजेटमा फरक निर्णय गरिने र यसले झनै जटिलता सिर्जना गर्ने बताएका छन् । कतिपयले बेलायती प्रधानमन्त्री ट्रसको क्षमतामाथि प्रश्न गर्दै उनको प्रतिस्थापन समेत बेलायतले खोज्न थालेको टीकाटिप्पणी हुन थालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ