arrow
ADVERTISEMENT

किभमा फेरि विष्फोट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३१ सोमबार
russian-military-equipment-destroyed-near-kyiv.jpg

काठमाडौं। युक्रेनको राजधानी किभमा सोमबार बिहान हवाई आक्रमणका साइरन बज्दा कम्तीमा तीन वटा विस्फोट भएको आवाज सुनिएको छ ।

स्थानीय समय अनुसार बिहान ७ बजे विस्फोट भएको सोही सहरमा रहेका बीबीसीका पल एडम्सले जनाएका छन् । ती मध्ये एक विष्फोटको आवाज शहरको केन्द्र नजिकै सुनिएको बताइएको छ ।

यसअघि शहर व्यस्त रहने बेला रुसले मिसाइल आक्रमण गर्दा कम्तीमा १९ जनाको ज्यान गएको एक सातापछि फेरि विष्फोटको घटना भएको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता रुसले कब्जा गरेको क्रिमियासँग जोड्ने प्रमुख पुलमा भएको बम विष्फोटको बदलास्वरुप सो आक्रमण भएको बताएका छन्, जसको दोष उनले युक्रेनलाई लगाएका छन् ।

यो युद्धको क्रममा पहिलो पटक किभको केन्द्रलाई प्रत्यक्ष रूपमा निशाना बनाइएको थियो। यस हप्ताको शुरुमा पुटिनले युक्रेनमा थप ठूला स्ट्राइकहरूको आवश्यकता नरहेको बताएका थिए ।

पुटिनले अधिकांश तोकिएका लक्ष्यमा प्रहार भएको बताउँदै देशलाई ध्वस्त पार्ने आफ्नो उद्देश्य नरहेको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ