arrow

विश्वमै पहिलो पटक स्पेनी चिकित्सकले गरे आन्द्राको सफल प्रत्यारोपण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३१ सोमबार
spain-intestine-transplant.jpg

काठमाडौं । दान र प्रत्यारोपणमा विश्वव्यापी पर्यवेक्षकको तथ्याङ्क अनुसार स्पेन अंग प्रत्यारोपणमा विश्वको प्रमुख लिडरका रुपमा रहेको छ । सन् २०२१ मा विश्वको अंग दानमा ५ प्रतिशत हिस्सा ओगटेको देशले अहिले एक बच्चाको आन्द्रा प्रत्यारोपण सफल पारेको छ ।

एक वर्षीया स्पेनी केटी हृदयाघातका कारण मृत्यु भएका दाताबाट सफल आन्द्रा प्रत्यारोपण गर्ने विश्वकै पहिलो प्राप्तकर्ता बनेकी छन् । म्याड्रिडको ला पाज अस्पतालले मंगलबार यस्तो जानकारी सार्वजनिक गरेको हो ।

'बच्चालाई अहिले डिस्चार्ज गरिएको छ र आफ्नो आमाबाबुसँग घरमा राम्रो अवस्थामा छ,' अस्पतालले विज्ञप्तीमा भनेको छ ।

एम्मा नाम गरेकी शिशुको आन्द्रा निकै छोटो भएका कारण पहिलो महिनामै उनको आन्द्रा विफल भएको पत्ता लागेको थियो । आन्द्रा ट्रान्सप्लान्ट नहहुँदासम्म उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो । आन्द्रा बाहेक एम्माले नयाँ कलेजो, पेट, स्पिलीन र प्यान्क्रियाज पनि पाएकी छन् ।

'राम्रो खबर यो हो कि जीवन चलिरहन्छ, एम्मा धेरै बहादुर छिन् र हरेक दिन प्रमाणित गरिरहेकी छिन् कि उनी बाँच्न चाहन्छिन्,' उनकी आमाले दाताको परिवार र डाक्टरहरूलाई धन्यवाद दिनु अघि पत्रकारहरुसँग बोल्दै भनेकी छिन् । उनले एम्मा अहिले १७ महिनाकी भएको बताइन्।



नयाँ