arrow
ADVERTISEMENT

किभमा कामिकाजे ड्रोन आक्रमण, इरानी संलग्नताको शंका

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३१ सोमबार
Severodonetsk-russia-ukraine-war.jpg

काठमाडौं । सोमबार बिहानै युक्रेनको राजधानी कीभमा क्रमबद्ध तीन ओटा आक्रमण भएका छन् । आक्रमणमा कामिकाजे ड्रोन प्रयोग गरिएको युक्रेनी राष्ट्रपतिका चिफ अफ स्टाफले बताएका छन् ।

'रूसीहरूले सोच्छन् कि यसले उनीहरूलाई मद्दत गर्नेछ, तर यसले उनीहरूको निराशा देखाउँदछ,' एन्ड्री येर्माकले सोशल मिडियामा भनेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशमा रुसको ड्रोन र मिसाइल आक्रमणले युक्रेनीहरूको एकता नतोड्ने बताएका छन् ।

युक्रेनको राजधानी किभमा ड्रोनले आक्रमण गरेको रिपोर्ट आएपछि युरोपेली संघ (ईयू) ले युक्रेनमा रूसको युद्धमा कुनै पनि इरानको संलग्नताको लागि ठोस प्रमाण खोजिरहेको जनाएको छ ।

'हामी युक्रेन युद्धमा इरानको सहभागिताको बारेमा ठोस प्रमाण खोज्नेछौं,' जोसेप बोरेलले लक्जमबर्गमा ईयूका विदेश मन्त्रीहरूको बैठकमा भाग लिन आएका पत्रकारहरूसँग बोल्दै भनेका छन् ।

युद्धको मूल कारण नेटोको कार्यलाई दोष दिने इरानले रुसलाई मानवरहित हवाई सवारी साधनसहित हतियार आपूर्ति गर्न अस्वीकार गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ