- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन हुँदा कतिपय योग्य नेताहरुले टिकट पाउन नसकेको बताएका छन् । सोमबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले योग्य नेताहरु टिकट पाउनबाट छुटेको स्वीकार्दै भने, ‘लोकतन्त्र संस्थागत गर्न र संविधान बचाउन तथा त्यसको कार्यान्वयन गराउन हामी लागिपरेका छौँ । यसमा पार्टी र गठबन्धनका सबै नेताहरूको साथ सहयोग हुने आशा छ ।’
बागी उम्मेदवारहरुलाई कांग्रेसले धेरै सिटमा जित निकाल्नका लागि गठबन्धन गर्नुपरेको यथार्थलाई बुझ्न आग्रह गर्दै चुनावपछि कांग्रेसकै नेतृत्वको गठबन्धनको सरकार हुनेसमेत बताए ।