नुवाकोट । पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका तर्फबाट नुवाकोट क्षेत्र नं १ का उम्मेद्वार डा प्रकाश शरण महतले मतदान गरेका छन् ।
उनले नुवाकोट पञ्चकन्या-२ स्थित राष्ट्रिय मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
मतदानपछि उनले भनेका छन्, ‘आज आफ्नो अमूल्य मताधिकार प्रयोग गरेँ । मतदान केवल अधिकार मात्र होइन, यो हाम्रो लोकतन्त्रप्रतिको कर्तव्य पनि हो । सचेत नागरिकका रूपमा सबैले मतदान गरेर आफ्नो आवाज व्यक्त गरौँ ।’