arrow

अर्काे चुनावसम्म नेतृत्वमा रहने बेलायती प्रधानमन्त्री ट्रसको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १ मंगलबार
liz-truss.jpg

काठमाडौं । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले आफ्ना नीतिहरु असफल भएर यु-टर्न भएकाे अवस्थामा समेत अर्काे आम चुनावसम्म टोरिजको नेतृत्व गर्ने कुरामा जोड दिएकी छिन् ।

नयाँ चान्सलर जेरेमी हन्टले बजारको उथलपुथललाई स्थिर गर्नका लागि कर कटौती गर्ने योजनाहरू रद्द गरेपछि प्रधानमन्त्रीले गल्तीहरूको लागि माफी मागेकी छिन् ।

उनले आफ्नो करिब एक महिनाको प्रिमियरशिप उत्तम नभएको तर गल्तीहरु सुधार गरेको बताएकी छिन् । यस्तै उनले मार्ग परिवर्तन नगर्नु गैरजिम्मेवार हुनेथियो भन्दै टिप्पणी गरेकी छिन् ।

बीबीसीसँगको एक अन्तर्वार्तामा उनले बेलायतको आर्थिक वृद्धिलाई बढावा दिन आफू अझै प्रतिबद्ध रहेको बताएकी छन् । यो लक्ष्य पूरा गर्न अब, धेरै समय नलाग्ने उनको भनाइ छ ।

बेलायतका नयाँ अर्थमन्त्री जेरेमी हन्टले गत महिनाको मिनी बजेटमा ट्रसकै नेतृत्वमा घोषणा गरिएका लगभग सबै कर कटौतीहरू खारेज गरिने घोषणा गरेपछि ट्रसको यस्तो टिप्पणी आएको हो । कर कटौती गरेर गल्ती गरेकोमा बेलायतकी प्रधानमन्त्रीले माफी मागेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ