arrow
ADVERTISEMENT

कम्पालामा इबोला फैलिन नदिन उच्च सतर्कता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १ मंगलबार
ebola-congo.jpg
तस्बिर – फाइल ।

कम्पाला । युगान्डाको राजधानी कम्पालामा इबोला भाइरसको संक्रमण फैलिन सक्ने खतरा धेरै रहेकाले यहाँ उच्च सतर्कताका राखिएको छ । यहाँका राष्ट्रपति योवेरी मुसेवेनीले कम्पालामा यो भाइरसको सङ्क्रमण र फैलावटको अधिक सम्भावना रहेको भन्दै यस शहरमा उच्च सतर्कता अपनाइएको बताएका हुन् ।

उनले ट्वीट गरेर सो कुराको जानकारी दिएका हुन् । सोमबार युगान्डाको मुबेन्डेमा दुई जनामा यो भाइरसको संक्रमण देखिएको थियो । त्यसैले सो संक्रमण यहाँ नआओस भनेर सतर्कता अपनाइएको उनले बताएका हुन् । 

मुबेन्डे यसअघि इबोलाको सङ्क्रमण निकै धेरै भएको नगर हो । युगान्डामा इबोला सोही सहरबाट फैलिएको थियो । त्यसैले अहिले पनि यहाँ उक्त भाइरसको सङ्क्रमण देखिएकाले अहिलेदेखि नै उच्च सतर्कता अपनाइएको र यहाँ सो भाइरसको सङ्क्रमण हुन नदिन आवश्यक पूर्वतयारी र मापदण्डहरु अपनाइएको उनले सो ट्वीटमा भनेका छन् । 

यही अक्टोबर १५ सम्मको युगान्डाको तथ्याङ्क अनुसार यहाँ ५८ जनामा इबोलाको सङ्क्रमण देखिएको थियो र तीमध्ये १९ जनाको मृत्यु भएको थियो । त्यस्तै २० जना सङ्क्रमित निको भएर घर फर्किएका थिए ।

गत सेप्टेम्बर २० मा यहाँ मुबेन्डेमा पहिलो पटक इबोलाको सङ्क्रमण देखिएको थियो । केही वर्षअघि अफ्रिकामा देखिएको यो सङ्क्रमण घातक रहेको छ । यस सङ्क्रमणबाट अफ्रिकी देशहरुमा हजारौँ मानिसको ज्यान लिइसकेको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ